Section 10
दण्ड सजाय
(१) कसैले दफा ५ बमोजिमको अपराध गरे गराएमा निजलाई पचासहजाररुपैयाँसम्म जरिवाना वा पाँच बर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।
(२) कसैले दफा ९ को उपदफा (२) को उल्लंघन गरे गराएमा निजलाई पहिलो पटक पच्चीस हजार रुपैयाँसम्म जरिवाना वा दुई बर्षसम्म कैद वा त्यसपछि पुन उल्लंघन गरेमा निजलाईपटकै पिच्छे पचास हजार रुपैयाँसम्म जरिवाना वा पाँच बर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।
(३) उपदफा (१) वा (२) अन्तर्गत सजाय हुने अपराधको मतियारलाई त्यस्तो अपराध गर्ने
व्यक्तिलाई हुने सजायको आधा सजाय हुनेछ ।
(४) माथिका उपदफाहरुमा लेखिए बाहेक यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम
विपरीत कसैले कुनै कार्य गरेमा निजले तिर्नु पर्ने भनी ठहर भएको बिगो रकम समेत असूल गरी
निजलाई महानिर्देशकलेपचासहजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।